सुर्य,मानिसको शरीर र खाना को सम्बन्ध : लक्ष्मण राही

झापा एक्सप्रेस , ५०१७१  पटक हेरिएको

लक्ष्मण राही
खाना हाम्रो शरीरलाई चाहिने पोषक तत्वहरुको मुख्य आधार हो । खानालेनै हाम्रो शरीरला क्रियाशील राखेको छ । खाना विभिन्न प्रकारका छन् । खाना समाजको स्तर अनुसा र ५ तारे होटलदेखि सामान्य व्यक्ति को घरमा पाक्ने खाना हेर्नुमा र देख्नुमा भिन्नता र फरकपना पाइन्छ । तर भिन्नता भए पनि शरीरलाई काम गर्ने आधारमा खाना ३ प्रकारको हुनुपर्छ भन्ने कुरा मा ध्यान दिनुपर्छ । शरीरला ई शक्ति दिने र शरीरलाई वृद्वृधि गर्ने तथा शरीरलाई रक्षा गर्ने खानानै तीन किसिमका खाना हुन् ।

शक्ति दिने खानामा अन्न ,जरामा फल्ने ,गुलियो चिज ,चिल्लो चिजहरु हुन् भने शरीर वृद्वृधि गर्नेमा दलहन चिज , गेडागुडी ,पशुपंक्षीको श्रोत ,बियाँ वा लचिज हुन् ।त्यस्तै शरीरला ई रोगबाट रक्षा गर्ने खानामा सागपात, आलु बाहेकको तरकारी,फलफुलहरु पर्दछन् ।एउटा थालमा यिनै तीन प्रकारका खाना भात ,दाल र तरकारी समावेश गरी खाने गरिएको चलन धेरै राम्रो छ र पोषणका लागि उत्कृष्ट हो । कार्बोहाईड्रेट्स ,प्रोटिन,भिटामिन ,मिनरल्स र फ्याट भन्ने तत्वहरु तीन प्रकारका श्रोतहरुबाटनै पाइराखिएको हुन्छ । यसरी यस्तो खाना उमेर अनुसार खाने मात्रा ६ महिना देखि २४ महिना सम्मलाई कति मात्रा कति पटक र कसरी खुवाउने भन्ने कुरा र गर्भवर्भतीले कति खाने भन्ने कुरा विश्व स्वास्थ्य संगसंठनले नेपालको लागि गरेको निर्देशन तथा पोषणका विभिन्न कार्यक्रर्यमहरुनै छन् ।

स्वास्थ्य र चिकित्सा विज्ञानका विज्ञहरुको अनुभवमा बयस्कका लागि बयस्कले खाना दिनमा धेरै पटक खानुको सट्टा बढी मा दुइदुपटक खानु उपयुक्त हो ।बयस्कको खाना खाने तौरतरिका नमिलेको कारण मधुमेह र उच्चरक्तचाप तथा वा युशुलशु जस्ता समस्या हरु देखिएका छन् । बयस्कको लागि बिहान ढिलोमा ९ बजे र बेलुका ढिलो मा ५ देखि ६ बजे सम्ममा खाइसक्नु ठिक मानिन्छ । बेलुकाको खाना खाएपछि छिटो सुत्नु हुन्न । यो अबधि लाई बढाउनु राम्रो हो । बिहान सुर्य उदाउनु पूर्व नै उठि सक्नका लागि बेलुका ९ बजे सुत्नु उपयुक्त मानिन्छ ।अँध्यारो हुदै जादाँ हाम्रो शरीरमा भएको ब्रेन भित्र रहेको पेनियल ग्रन्थीले सक्रियता देखाउंछ र मेलाटोनिन् हर्मोन उत्पादन हुन्छ जुन हाम्रो रगतमा हुन्छ । यो हर्मोनको कारण हामी लाई निन्द्रा लाग्न थाल्छ । उज्यालो हुदै गएपछि मेलाटोनिन् हर्मोन घट्दै जान्छ । अर्थात् पेनियल ग्रन्थी सुर्र्य उदाउँदै गएपछि निस्कृय हुदै जान्छ । यसकारण यो हर्मोनलाई hormone of darkness पनि भनिन्छ । यसरी मानिसको सम्बन्ध सुर्यसित रहेको छ ।

हुन त पतंजली महर्षिका योग दर्शनले पनि यो सम्बन्धको व्याख्या गर्छन् । त्यस्तै सनातन हिन्दु धर्ममा पनि सूर्यलाई भगवानको रुपमा व्याख्या गरिएको धार्मिकर्मि पाटो पनि छ ।छिटो ढिलो जे नी छिटो खाना खाएर लगभग ढिलोमा ९ बजेसम्ममा निदाउनु राम्रो मानिन्छ । निदाएको समयमा आमाशयको भित्ताले पनि दिउँसोको जस्तो सक्रियताका साथ काम गरेको हुदैन । सुतेको समयमा आन्द्रा को सक्रियता (Peristaltic motion) कम हुन्छ । बसेको , उठेको ,काम गरेको समयमा हाम्रो आन्द्राको यो motility normal नै हुन्छ । एलोपेथिक चिकित्सा विज्ञहरुको भनाई पनि छ कि रातिको अबधि समेत गरेर १६ घण्टा पेट खालि राख्नु स्वास्थ्यको लागि राम्रो हो । त्यसैले बिहान ९ बजे खाना र बेलुका ५ /६ बजे खाना खाइ सक्नु पर्छ । एक पटक खाना खाए पछि आमाशयबाट पाचन सम्पन्न हुन ४ देखि ६ घण्टा लाग्छ । तसर्थ कामको प्रकृति हेरी दिनको ठोस खाजा खानेकुरामा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । किनकि आमाशयले लागातार भार थेग्न सक्दैन । बसेर काम गर्ने बयस्कले दिउँसोको खाजा ठोस पदार्थ भन्दा पिउन हुने झोलिलो पदार्थ खानु राम्रो । यसले किड्नीको कार्यलार्य लाई समेत राम्रो सहयोग मिल्छ । त्यति मात्र होइन , आर्थिक र खाद्य संकट बचाउन पनि सहयोग पुग्छ । किनकी पटक पटकको खाजा खर्च जोगिन्छ । त्यति मात्र होइन , रगतमा चिनी को मात्रा , क्लोस्टेरोलको मात्रा पनि नियन्त्रण हुन्छ ।

आज भन्दा २६०० वर्ष अगाडि गौतम बुद्धले पनि १६ घण्टा भन्दा बढी समय पेट खालि राख्नु भएको थियो । उहाँ दिनमा एकछाक मात्र भोजन गर्नुहुर्नुन्थ्यो । उहाँ लाई भोजनको परिकार र स्वादमा कुनै मोह थिएँन । भिक्षाटनमा जाँदा जे प्राप्त हुन्थ्यो त्यहिमा सन्तुष्ट मान्नुहुन्थ्यो । पूर्वीय दर्शनका प्रणेता पतंजली गौतम बुद्ध जस्ता महामानवहरुको विचार र अभ्यास अनि अहिलेको चिकित्सा विज्ञानको तरिका मा बयस्कहरुले खानपानमा व्यक्तिगत परिवर्तन गर्न सकेमा स्वस्थ्यकर र लामो आयु जिउन सकिन्छ भन्ने हो ।

प्रकाशित मिति: २०२४-०१-१७ , समय : ०८:३३:२५ , १ वर्ष अगाडि

error: Content is protected !!