वडाध्यक्ष कप टी–टेन क्रिकेटमा आज ४ खेल सम्पन्न, होली फिल्ड एकाडमीको दोहोरो विजय

झापा एक्सप्रेस , ८३५  पटक हेरिएको

झापाको झापा गाउँपालिका – ३ फुलगाछीमा जारी वडाध्यक्ष कप टी– टेन क्रिकेट प्रतियोगितामा आज ४ खेल सम्पन्न भएको छ ।

रानी सामुदायीक बनको खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक बी विजयी भएको छ ।बाहुनडागी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै आयोजक बि , बिजयी बनेको हो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा होली फिल्ड एकाडमी बिजयी बनेको छ । कामाटोली क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै होली फिल्ड एकाडमी बिजयी बनेको हो ।

त्यस्तै आजै भएको तेस्रो खेलमा बेलडागी क्रिकेट क्लब बिजयी बनेको छ ।बेलडागीले लसुनगंज क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको हो ।

त्यस्तै आजै भएको चौथो खेलमा होली फिल्ड एकाडमी बिजयी बनेको छ ।होली फिल्ड एकाडमीले आयोजक बि लाई २० रनले पराजित गरेको हो ।

भोली सोमबार फाइनल खेल हुने आयोजले जनाएको छ .फाइनल खेल अघि सेमीफाइनलको खेल होली फिल्ड र लसुनजंग बीच हुनेछ .प्रतियोगितामा थन्डर ११ फाईनलमा पुगिसकेको छ .

फुलगाछी क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १८ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन .त्यस्तै बेस्ट ब्याट्समेन र बेस्ट बलरले नगद १/१ हजार सहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष मोहन मण्डलले जानकारी दिए ।प्रतियोगीता प्रथम पुरस्कार हाल इजरायलमा कार्यरत विश्व खरेलले प्रायोजन गर्नु भएको हो ।त्यस्तै प्रतियोगितामा धिरेन गणेश ,सचिन श्रेष्ठ ,विजय गणेशले जनही १०\१० हजार सहयोग गर्नुभएको आयोजकले जनाएको छ .त्यस्तै मोहन गणेश ,नितेश श्रेष्ठ, बासुदेव पाठक ,निर्जल श्रेष्ठले जनही ५/५ हजार सहयोग गर्नु भएको छ .त्यस्तै मनोज श्रेष्ठ र सरोज प्रसाईले जनही २/२ हजार.होलीफिल्ड एकाडमी ले १५ थान जर्सी सहित स्थानीय खेलप्रेमी साथै वडा नम्बर ३ को समेत आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१०-१९ , समय : १९:३२:२० , ३ घन्टा अगाडि

error: Content is protected !!