टाघनडुब्बा आधारभूत अस्पतालमा अब नियमित USG भिडियो एक्सरे सेवा

झापा एक्सप्रेस , २४९  पटक हेरिएको

झापा । झापा गाउँपालिकास्थित आधारभूत अस्पताल टाघनडुब्बामा अब नियमित रूपमा USG भिडियो एक्सरे सेवा सञ्चालन हुने भएको छ।

अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार अबदेखि प्रत्येक सोमबार र बिहीबार दिउँसो १ बजेदेखि USG भिडियो एक्सरे सेवा उपलब्ध हुनेछ।

यस्तै, गर्भवती महिलाका लागि भने सार्वजनिक बिदाबाहेक दैनिक रूपमा USG सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ। सोमबार वा बिहीबार सरकारी बिदा परेमा सो दिन सेवा सञ्चालन नहुने जनाइएको छ।

USG सेवा सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राही एक्सरेका लागि अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

सेवासम्बन्धी थप जानकारीका लागि जुना त्रिताल (९८२७९८४२६७) वा केशब यादव (९८१६०५५९८६) लाई सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०९ , समय : ०७:२२:१८ , २८ मिनेटutes अगाडि

error: Content is protected !!