झापा एक्सप्रेस , १९३० पटक हेरिएको
बिर्तामोड, झापा
शिक्षा सल्लाह तथा काउन्सिलिङ्ग सेवा प्रदान गर्दै आएको एडिक्युजले आफ्नो चौथो शाखा झापामा सञ्चालनमा ल्याएको छ। कार्यक्रमको प्रमुख अतिथि तथा कम्पनीकी प्रबन्ध निर्देशक सोप्निनि शर्माले झापा र आसपासका विद्यार्थीहरूलाई अध्ययन तथा क्यारियर परामर्शमा सहयोग पुर्याउने बताए।
उद्घाटन समारोहमा अष्ट्रेलियाका प्रतिष्ठित कलेजहरूबाट आएका दुईजना प्रतिनिधिहरूले विद्यार्थीहरूलाई अध्ययनका अवसर र आवेदन प्रक्रियाबारे काउन्सिलिङ्ग गरेका थिए। कार्यक्रममा एडिक्युजका प्रतिनिधिहरूले संस्थाको उद्देश्य, उपलब्ध सेवा र अन्तर्राष्ट्रिय अध्ययनका अवसरबारे जानकारी गराएका थिए।
कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा शैक्षिक परामर्श र विदेश अध्ययनसम्बन्धी छलफल गरिएको थियो भने, दोस्रो सत्रमा गायक तथा संगीतकार सोप्निल शर्मासँग विद्यार्थीहरूको अन्तरक्रिया कार्यक्रम राखिएको थियो। विद्यार्थीहरूले संगीत क्षेत्रमा करियर बनाउने सम्भावना, अवसर र चुनौतीबारे प्रश्न सोधेका थिए, जसको उत्तर शर्माले रोचक शैलीमा दिएका थिए।
कन्स्ट्रक्सीले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, थाइल्यान्ड र युरोपका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहयोग पुर्याउदै आएको छ।
एडिक्युजको बिर्तामोड शाखा निर्जन पाठक र रविन पाठकको संयुक्त सञ्चालनमा रहेको छ।
कार्यक्रमको संचालन आशा गुरूङले गरेकी थिईन।
प्रकाशित मिति: २०२५-१०-२८ , समय : ०९:२४:२९ , ३ घन्टा अगाडि