झापा एक्सप्रेस , ३५७ पटक हेरिएको
झापा। झापा गाउँपालिका–४ टाघनडुब्बामा बर्सेनि लाग्दै आएको परम्परागत काली मेला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। भाइटीकाको अघिल्लो दिनदेखि सुरु भएर भाइटीकाको दिनसम्म लाग्ने यस मेलामा स्थानीय तथा आसपासका क्षेत्रबाट आएका सर्वसाधारणको बाक्लो आगमनले रौनक थपिने गरेको छ।
वर्षौंदेखि निरन्तर लाग्दै आएको यस मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्दै आएको जानकारहरू बताउँछन्। मेलामा आउने श्रद्धालुहरूले काली मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने गरेका छन्। धार्मिक आस्थासँग जोडिएको यस मेलाले स्थानीय समुदायबीच भेटघाट र सामाजिक सद्भाव बढाउने अवसरसमेत प्रदान गर्दै आएको छ।
मेलाको मुख्य आकर्षणमध्ये रामलीलाका दृश्य पनि रहेका छन्। रामायणका विभिन्न प्रसङ्गलाई नाटकीय शैलीमा प्रस्तुत गरिँदा दर्शकहरू त्यसमा रमाउने गरेका छन्। रामलीला लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिले मेलाको रौनक अझ बढाएको छ।
मेलामा बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता देखिन गरेको छ। आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने, मेला घुम्ने र मनोरञ्जन लिनेहरूको चहलपहलले टाघनडुब्बा क्षेत्र नै उत्सवमय बन्ने गरेको छ।
प्रकाशित मिति: २०२६-११-१३ , समय : ०९:२२:३९ , १५ मिनेटutes अगाडि