रतुवा बाढीपीडितलाई नेपाल मानव धर्म सेवा समितीद्वारा राहत वितरण

झापा एक्सप्रेस , २२६५  पटक हेरिएको

नेपाल मानव धर्म सेवा समिती गौरादह शाखाले गौरादह ५ स्थित डुब्बाटोली र कटकपुर क्षेत्रका बढी पिडितलाइ राहत सामाग्री बितरण गरेको छ ।

गत असोज १९ गते आएको रतुवा खोलाले बाध काटेर गाउपसेको कटकपुरको १७ घर र डुब्बाटोली क्षेत्रका १४ घरमा राहत बितरण गरिएको हो ।
राहत सामाग्रीमा चामल १० केजी , तेल, नुन , आलु , दाल , सोयाबिन , पिठो लगायतका सामाग्री बितरण गरिएको नेपाल मानव धर्म सेवा समिती गौरादह शाखा अध्यक्ष गंगा कार्कीले बताए ।

उक्त राहत बितरण कार्यक्रमा नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र आश्रम प्रमुख सन्त मा सुवर्णा बाइजी , दमक आश्रम प्रमुख सन्त मा किरण बाइजी , गौरादह शाखा आश्रम प्रमुख सन्त रमा बाइजी , दमक शाखाका अध्यक्ष गीता थापा, स्थानिय समाजसेवी ताराकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

राहत सामाग्री पाएपश्चात बाढी पिडितहरुले कुनै पनि संस्थाले राहतका सामाग्री नपाएको क्षेत्रमा मानव धर्म सेवा समितिले राहत बितरण गरेकोमा खुशी ब्यक्त गरेका छन ।

मानव धर्म सेवा समितीले विभिन्न समयमा सामाजिक कार्यहरू रक्तदान , सरसफाइ , ( mission educatio ) अन्तर्गत दुर्गम क्षेत्रका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण कार्यक्रम , राहत बितरण कार्यक्रम , स्वास्थ शिबिर साथै विभिन्न कार्यहरू गर्दै आएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१०-१५ , समय : १८:२७:३१ , ३ घन्टा अगाडि

error: Content is protected !!