Jhapa Express , १००९ पटक हेरिएको
झापाको झापा गाउँपालिका–३ कामाटोलीमा टिफर र बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
आज सोमबार साँझ करिब ६ः५० बजे झापाबजारबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ क १०६२ नम्बरको टिफर र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१९ प ३४२६ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका–४ का ३८ वर्षीय प्रेमप्रसाद पनेरु गम्भीर घाइते भएका छन्। उनको अनुहार, दाहिने खुट्टा र पेटमा चोट लागेको छ। त्यस्तै शिवसताक्षी–५ का ४७ वर्षीय हरि सिंह मध्यम घाइते भएका छन्। उनको अनुहार र दाहिने घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई साँझ करिब ७ः३० बजे बी एन्ड सी अस्पताल, बिर्तामोड लगिएको र उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा तथा प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले टिफर चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय सुदिप धिमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय कुमरखोदको नियन्त्रणमा राखिएको छ भने टिफरलाई सुरुङ्गातर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी टाघनडुब्बाबाट करिब ४ किलोमिटर पश्चिममा पर्छ। दुर्घटनापछि घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-२१ , समय : २१:२२:०१ , ५५ मिनेटutes अगाडि