झापा एक्सप्रेस , ५९१ पटक हेरिएको
झापा, असार ११ — झापा गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशनका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई “वर्ष उत्कृष्ट कर्मचारी” तथा “वर्ष सर्वोत्कृष्ट कर्मचारी” सम्मान प्रदान गरिएको छ।
गाउँपालिकाले आर्थिक प्रशासन शाखा प्रमुख लक्ष्मी खतिवडालाई वर्ष सर्वोत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको छ। त्यस्तै जीवन खतिवडा, कविता बस्नेत न्यौपाने, अम्बिका गौतम, हरि पौडेल र नकुल राजवंशीलाई वर्ष उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो।
गाउँपालिकाले कर्मचारीहरूको जिम्मेवारी, कार्यसम्पादन, सेवाप्रतिको समर्पण र योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ।
सम्मानित कर्मचारीहरूलाई गाउँसभा अधिवेशनका क्रममा सम्मानपत्रसहित सम्मान गरिएको थियो। यस प्रकारको सम्मानले कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रेरणा मिल्ने गाउँपालिकाको विश्वास छ।
प्रकाशित मिति: २०२६-०६-२६ , समय : २०:३३:४८ , २ घन्टा अगाडि