वडाध्यक्ष कप फुटबल: फाइनलमा आयोजक जुनतारा र मदरगाछ भिड्ने

झापा एक्सप्रेस , १४१३  पटक हेरिएको

​झापा, ७ वैशाख | झापा गाउँपालिका–३ रंगपुरमा जारी तेस्रो वडाध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। आज भएका प्रतिस्पर्धात्मक खेलहरूबाट जित निकाल्दै आयोजक जुनतारा युवा क्लब र मदरगाछ एफसी उपाधि नजिक पुगेका हुन्।

​आज भएको पहिलो खेलमा गाउँले एफसीले आरबीएम (RBM) एफसीलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। उक्त खेलमा गाउँले एफसीका जेम्स मर्डी ‘म्यान अफ द म्याच’ घोषित भए।

​त्यस्तै, सेमिफाइनलका दुई महत्वपूर्ण खेलहरू पनि आजै सम्पन्न भए।​पहिलो सेमिफाइनल खेलमा मदरगाछ एफसीले भारतको सिँहीमारी एफसीलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। मदरगाछका नरेश मुर्मु म्यान अफ द म्याच घोसित भए।​

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक जुनतारा युवा क्लबले गाउँले एफसीलाई २–१ गोलकै अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गर्‍यो। यस खेलमा बिनोद हस्दा म्यान अफ द म्याच बने।

​प्रतियोगिताको अन्तिम तथा फाइनल खेल भोलि वैशाख ८ गते आयोजक जुनतारा युवा क्लब र मदरगाछ एफसी बीच हुनेछ।

​”प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ,” आयोजक समितिका अध्यक्ष कमल बस्नेतले जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२६-०४-२० , समय : २०:५७:२२ , २ घन्टा अगाडि

error: Content is protected !!