कामाटोली बजार अब सातै दिन खुला रहने

झापा एक्सप्रेस , २११८९  पटक हेरिएको

झापा -झापा गाउँपालिका–३ स्थित कामाटोली बजार अब सातै दिन खुला रहने भएको छ। यसअघि बजार व्यवस्थापन समितिले हप्तामा एक दिन (आइतबार) बजार बन्द गर्ने निर्णय गरेको थियो। तर पछिल्लो समय केही व्यापारीहरूले उक्त निर्णय पालना नगरी पसल सञ्चालन गर्न थालेपछि बजारमा अन्योलको अवस्था सिर्जना भएको थियो।

यस अवस्थालाई मध्यनजर गर्दै बजार व्यवस्थापन समितिले पुनः छलफल गरी कामाटोली बजार सधैंका लागि खुला राख्ने निर्णय गरेको हो। समितिका अनुसार आजको मितिबाट उक्त निर्णय लागू भएको छ।

प्रकाशित मिति: २०२६-०३-०८ , समय : २०:५४:३४ , ३ दिन अगाडि

error: Content is protected !!