झापा एक्सप्रेस , ३३२४ पटक हेरिएको
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग समसामयिक राजनीतिक विषयमा युवाहरुले छलफल तथा कुराकानी गरेका छन्।
आसन्न फागुन २१ गते हुने निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका बालेन, चुनावी प्रचार प्रसारमा झापामा रहेका बेला युवाहरुले छलफल तथा कुराकानी गरेका हुन्।
उक्त भेटघाटका क्रममा अगुवा युवा प्रभु नारायण यादवले आगामी दिनमा स्थानीय तहका निर्वाचनलाई गहिराइका साथ सुदृढ बनाइनुपर्ने, प्रदेश संरचनालाई संस्कृति र भूगोलअनुसार अधिकारसम्पन्न बनाइनुपर्ने आवश्यकता औंल्याए।
छलफलको क्रममा शाहले प्रदेशलाई अधिकार दिने विषयमा स्पष्ट आश्वासन दिनुका साथै त्यसअनुसार नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबैको साथ र सहयोगले मात्र देशमा आमूल परिवर्तन सम्भव हुने बताए।
उक्त छलफलमा सन्तोष कुमार गणेश, नरेश यादव लगायत डा. सलीम अन्सारी लगायत अन्य युवाहरुको समेत उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२६-०२-०३ , समय : १९:४४:५० , २ घन्टा अगाडि