झापा गाउँपालिकामा एआई एक्सरे सम्पन्न, २०१ जनाको परीक्षणमा ११ जनामा क्षयरोग पुष्टि

झापा एक्सप्रेस , ५४२०१  पटक हेरिएको

झापा, वैशाख २३ – झापा गाउँपालिका वडा नं. २ स्थित कुमारखोद स्वास्थ्य चौकीमा हालै सम्पन्न एआई एक्सरे सेवा तथा विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा सम्पन्न सो कार्यक्रम अन्तरगत कुल २०१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा ११ जनामा क्षयरोग (टीबी) को संक्रमण पुष्टि भएको छ।

कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगबाट छातीको एक्सरे परीक्षण गरिनुका साथै विशेषज्ञ चिकित्सकहरूको सहभागितामा थप जाँच र परामर्श प्रदान गरिएको थियो। स्वास्थ्य चौकीमा आयोजना गरिएको यो सेवा स्वास्थ्य पहुँच कम भएका समुदायलाई लक्षित गरिएको हो।

क्षयरोग पहिचान भएका बिरामीहरूलाई तत्काल औषधोपचार तथा स्वास्थ्य परामर्श सेवा सुरु गरिएको स्वास्थ्य चौकी प्रमुखले जानकारी दिएका छन्। यस किसिमको प्रविधि आधारित स्वास्थ्य सेवा आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

स्थानीय बासिन्दाहरूले यो कार्यक्रमबाट अत्यन्त राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०२५-०५-०६ , समय : २०:०२:२० , २ हप्ता अगाडि

error: Content is protected !!