पौडेलको कृति “प्रश्नोत्तर ज्ञान दर्पण” विमोचन

झापा एक्सप्रेस , ५८०९  पटक हेरिएको

शरणामती।कवि अग्निप्रसाद पौडेलको ” प्रश्नोत्तर ज्ञान दर्पण ” नामक कृति विमोचन गरिएको छ।झापा गाउँपालिका साहित्य समाजले एक कार्यक्रमको आयोजना गरि पौडेलको उक्त कृति विमोचन गरेको हो।

शनिबार भएको कार्यक्रममा झापा गाउँपालिका प्रमुख जयनारायण साहले उक्त पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा अग्रज साहित्यकार कवि मित्रप्रसाद दाहालले पुस्तकमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै दाहालले बाबू छोराको सवान्धमा यो पुस्तक महत्वपूर्ण उपहार भएको बताए।लेखक पौडेलले आफ्नो कृतिमार्फत सानालाइ ठुलाले कसरी आदर गर्ने,अज्ञान के हो?गुरु कसलाई मान्ने? आदी कर्तव्य सबै कुरा कृतिमा उर्तान खोजेको बताए ।उनले पौडेलको यो कृतिले साहित्यरुपी हवेलीमा एउटा इट्टा थपेको जिकिर गरे ।

६८ वर्षीय कवि पौडेलले यो कृति २०६५ साल देखि लेख्न थालेका थिए।१४० पेजको “प्रश्नोत्तर ज्ञान दर्पण” लाई पूर्णता दिएर पौडेलले अहिले विमोचन गरेका हुन् ।पौडेल झापा-३ कामाटोली निवासी हुन् ।

प्रकाशित मिति: २०२२-०३-२७ , समय : २१:१५:१९ , १ वर्ष अगाडि