गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु,दुई घाइते

झापा एक्सप्रेस , ३२५६०  पटक हेरिएको

झापा-झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका- ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधवार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो । घाइतेहरूको नाम नखुले पनि उनीहरू स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-०५ , समय : १०:१२:०१ , २ वर्ष अगाडि

error: Content is protected !!