Jhapa Express , ३८९३६ पटक हेरिएको
झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको टोलीले आज दिउँसो करिब २: बजे भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका एक युवकमाथि शंका लागेपछि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कमल गाउँपालिका–४ बस्ने २७ वर्षीय रिङ्गवाङ्ग लिम्बूको साथबाट कालो प्लास्टिकभित्र लुकाइछिपाइ ल्याइएको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका लिम्बूको साथबाट २ ग्राम ७६ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद भएको हो।
लागूऔषधसहित पक्राउ परेका लिम्बूका बारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-०७ , समय : २०:१९:३६ , ५ दिन अगाडि