“शरणामती च्यालेन्ज कप” आज फाइनलमा दाउरे र जामुनखाडी भिड्दै

झापा एक्सप्रेस , ११३०२२  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-६ मा जारी “शरणामती च्यालेन्ज कप-२०८०” नकाउट फुटबल प्रतियोगिताको आज सोमबार फाइनल खेल हुने भएको छ।शरणामती स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा फाइनल खेल हुने भएको हो।

आज फाइनल खेलमा दाउरे फुटबल क्लब र जामुनखाडी फुटबल क्लब बिच प्रतिष्पर्धा हुने भएको छ।दिउँसो ३ बजे देखि दुई क्लब प्रतिस्पर्धाका लागि भिड्ने आयोजकले जनाएको छ।

झापा सेभेनको आयोजनामा भएको च्यालेन्ज कपमा प्रथम पुरस्कार नगद रु २५ हजार र द्वितीय पुरस्कार नगद रु १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ।त्यस्तै प्रतियोगितमा विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिप्पर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्स र सर्वाधिक गोलकर्ताले समेत पुरस्कार पाउने भएका छन् ।

प्रकाशित मिति: २०२३-०७-०३ , समय : ०८:१३:४६ , १ वर्ष अगाडि