झापा गाउँपालिकामा २५ ग्राम ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

झापा एक्सप्रेस , ४३७  पटक हेरिएको

झापा । झापा गाउँपालिका–५ होक्लाबारी पैनी नजिकबाट प्रहरीले २५ ग्रामभन्दा बढी ब्राउनसुगरजस्तो देखिने लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

असोज १९ गते सोमबार दिउँसो करिब ४ः५० बजे भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका भारतको किशनगञ्ज जिल्ला, दिघलबैंक महामारी क्षेत्रका २८ वर्षीय फिरोज आलमलाई प्रहरीले पक्राउ गरेको हो।

पन्थापाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (प्रसनी) तीर्थबहादुर भण्डारीको नेतृत्वमा खटिएको टोली तथा लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले संयुक्त रूपमा चेकजाँच गर्दा आलमको साथबाट ब्राउनसुगरजस्तो देखिने खैरो रङको लिसाइलो पदार्थ २५ ग्राम १५ मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आलमलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर शरीर तथा साथमा रहेको सामान जाँच गर्दा उक्त पदार्थ बरामद भएको हो।

पक्राउ परेका आलममाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२६-१०-०५ , समय : २०:४७:४७ , ५२ मिनेटutes अगाडि

error: Content is protected !!