झापा एक्सप्रेस , २९५८६ पटक हेरिएको

शितल अधिकारी
झापाको गौरादह नगरपालिकामा बालबालिकाको चौतर्फी विकास, वाल अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले शनिबार नगरस्तरीय बाल सञ्जाल गठन गरिएको छ । गौरादह नगरपालिकाको आयोजनामा गौरादह वडा नं.१ स्थित वडा कार्यालयको सभा हलमा एक कार्यक्रमको विच बाल संजाल गठन गरिएको थियो l
बालबालिकाको समग्र विकास लागि गठन गरिएको बाल संजालमा १५ सदस्यी समिति बनेको थियो l नव गठित सञ्जालको अध्यक्षमा गौरादह ४ स्थित श्री डोरामारी माध्यमिक बिद्यालय कि छात्रा पुजन खरेल अध्यक्ष पदमा निर्वाचित भएकी छन् l यस्तै सञ्जालको सचिवमा रोइसा भुजेल, उपाध्यक्षमा सुमन सिटौला, सह-सचिबमा अभिराग लौडारी र कोषाध्यक्षमा बिपन थापा निर्वाचित भएका छन्।
कार्यक्रममा गौरादह नगरपालिका महिला बालवालिका शाखा प्रमुख कविता तुम्बाहाम्फे, बाल अभियान्ता, जिल्ला बाल सञ्जाल झापाका प्रतिनिधी, माध्यमिक विधालयका संरक्षक शिक्षक, बाल क्लबका प्रतिनिधि को उपस्थितिमा सञ्जालन गठन गरिएको हो । बाल अभियन्ता सुमन ढकालेले उक्त कार्यक्रम सहजीकरण गर्नुभएको थियो भने शितल अधिकारीले कार्यक्रम संचालन गरेका थिए l केहि समय अघि मात्रै गौरादह ५ स्थित नमुना पाहुना घरमा भएको बालमैत्री स्थानीय शासन सम्बन्धी २ दिने अभिमुखीकरणमा आगामी २०८३ साल फाल्गुन मसान्त भित्र नगरपालिका वालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखिएको थियो l
प्रकाशित मिति: २०२३-०६-२४ , समय : १८:५२:४४ , २ वर्ष अगाडि