झापा गाउँपालिकाबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा एक्सप्रेस , ३७५६३  पटक हेरिएको

झापा, असार ४-झापाको झापा गाउँपालिका-४ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ६ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. २६ प ८१४० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक चुलाचुली गाउँपालिका-२ ईलामका २६ बर्षीय सुशिल आङदेम्बे र पछाडी सवार २६ बर्षीय सुरज लावती लिम्बुको साथबाट ८ ग्राम २ सय २० मिलिग्राम ब्राउन सुगर फेला परेसँगै पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-१९ , समय : २०:०६:३३ , १२ महिना अगाडि