करणी गरेको अभियोगमा कनकाई-३ डेरा गरी बस्ने राई पक्राउ

झापा एक्सप्रेस , ११२०४८  पटक हेरिएको

झापा-२२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०६-०९ , समय : १२:३१:५२ , २ वर्ष अगाडि

error: Content is protected !!