झापा एक्सप्रेस , २७९३२ पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिकामा अध्ययन गर्ने विद्यार्थीले छात्रबृती स्वरुप नगद रु बाह्र हजार पाएका छन् ।गाउँपालिकाको वर्षिक नीति तथा कार्यक्रम अन्तरगत यहाँका ५० जना विद्यार्थीले सो छात्रबृती पाएका हुन् ।
आज सुक्रबार एक बिशेष कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष जयनारायण साह,उपाध्यक्ष अन्जुदेवी थपलिया लगायतले उक्त छात्रबृती विद्यार्थीहरुलाई प्रदान गर्नुभयो ।साथै कार्यक्रमा ११/१२ मा अध्यययन गर्ने छात्रबृती लिन छुटेका विद्यार्थीहरुलाई समेत छात्रबृती प्रदान गरिएको थियो।
शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले संचालन गरेको कार्यक्रममा शिक्षा समिती सदस्य विरेन्द्रप्रसाद गुप्ताले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष सुबासलाल गणेश,शिक्षा समिति सदस्य अनिता केसी,बिन्दा अधिकारी,कार्यापालिका सदस्य दिलिप विश्वकर्मा,शिक्षा शाखाकी प्राविधिक सहायक अम्बिका गौतम,अमिन प्रकाश खड्का,पुर्व स्रोतव्यक्ती खड्गप्रसाद खरेल लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२३-०५-२६ , समय : २०:२१:०४ , २ वर्ष अगाडि