कर्मचारी संगठन सहारा नेपाल साकोसको नयाँ कार्यसमिति चयन

झापा एक्सप्रेस , ४३०७५  पटक हेरिएको

शरणामती-एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसको दोस्रो महाधिवेशनले यादवप्रसाद घिमिरेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

२ बर्से कार्यकाल रहने समितिको पदाधिकारीहरुमा अध्यक्षमा घिमिरे ,उपाध्यक्षमा टोमप्रकाश दाहाल,वरिष्ठ उपाध्यक्ष टेकप्रसाद अधिकारी, महिला उपाध्यक्ष रमिता गुरुङ, सचीव सालिकराम भट्टराई ,सह सचीव कुल प्रसाद प्रसाईं(कमल), कोषाध्य्क्ष बिश्वास निरौला , सदस्यहरुमा युवराज दर्लामी मगर ,बिसाल निरौला, किसन मुर्मु, अन्जना श्रेष्ठ,भबिन्द्रहाङ्ग तुम्बापो,रेबती प्रसाद घिमिरे, बिष्णु घिमिरे र गौरी सुवेदीलाई चयन गरेको छ।

शनिवार बिर्तामोड स्थित अग्रसेन भवनमा संगठनको दोस्रो महाधिवेशनको आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका उद्योग ,कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौला ,विशिष्ट अतिथि साकोस संचालक समिति अध्यक्ष तथा संविधान सभा सदस्य हरि बहादुर राजबंशी,वरिष्ठ उपाध्यक्ष हरि प्र निरौला , उपाध्यक्ष छबिलाल खतिवडा- ज्ञानुनाथ मैनाली विशेष अतिथि संस्थाका निर्देशक लक्ष्मण खतिवडा लगायतको उपस्थिति र मन्तव्य रहेको थियो।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १७:०९:१९ , १ वर्ष अगाडि