पाँच वर्षमा झापा गाउँपालिका वडा नम्बर एकको फेरियो मुहार (भिडियो सहित)

झापा एक्सप्रेस , १२९७९  पटक हेरिएको

शरणामती -जनप्रतिनिधी निर्वाचित भएर आएपछि झापा गाउँपालिका एक नम्बर वडाको मुहार फेरिएको छ।यहाँका हिल्लाम्मे बाटाहरु सरर कालोपत्रे भएका छन् ।कृषी,स्वास्थ्य शिक्षामा समेत फड्को मारेको छ।प्रावी तहका विद्यालयहरु स्तर उन्नती गरि आधारभुत तहका बनाइएका छन। धार्मीक क्षेत्रमा सम्पुर्ण जात,धर्म,भासाको संरक्षण गर्दै मठमन्दिर,मस्जिद,जाहेर थानहरु बनाइएका छन।

जनताले परिवर्तनको महसुस गर्न पाएको स्थानीय बताउछ्न। भारतको सिमाना सँग जोडिएको यस वडामा अधिकांस मानिस कृषीमा अस्रीत छन।यहाँका मानिसको मुख्य पेशा नै कृषि हो।५ वर्षे अबधीमा जनप्रतिनिधि आएपछी कृषि क्षेत्रमा मकै जोन लागू गरिएको छ।कृषीलाई प्रविधीयुक्त बनाउन संघीय,प्रदेश,स्थानीय सबै तहका सरकार लागिपरेका छन।

टुकीको साहारामा बाच्ने घरहरुमा अहिले झिलीमिली बिजुली बत्ती पुगेका छन। यहाँका जीर्ण सम्पदा, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत स्वरुपमा नयाँ जीवन पाएका छन् । यहाँका मूर्त–अमूर्त कला, संस्कृति, जात्रा, पर्व नयाँ पहिचान तर पुरानै स्वरुपमा फर्किएर अचेल गौरबले हाँस्न थालेको छ झापा गाउँपालिकाको वडा नम्बर एक ।जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै भएको छ वडा नम्बर एक अहिले । वर्षौँदेखि स्वरुप परिवर्तन हुन नसकेको यस गाउँपालिकाको वडा नम्बर १ को मुहार जनप्रतिनिधि आएपछी फेरिएको बताउँछन् स्थानीयवासी ।

स्कुल जाने छात्रालाई साइकल वितरण भए देखि झनै हौसला मिलेको एक छात्राले बताउनु भयो। जन्म देखि मानिसको मृत्यु पर्यत्न सम्म यहाँको स्थानीय सरकार सारथि बनेको छ।मृत्यु संस्कार स्वरुप श्रन्दान्जली सहित दस हजार रुपैया दिने कार्यक्रम राखिएको छ।यसले मृत्यु शोकको घडीमा समेत जनप्रतिनिधि छन है भन्ने अनुभूति दिलाएको छ।

प्रकाशित मिति: २०२२-०३-१६ , समय : १८:४८:४४ , २ वर्ष अगाडि