झापा गाउँपालिका-मोटरसाईकल सहित चोरीको आरोपमा दुई पक्राउ

झापा एक्सप्रेस , ५३७८५  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा-५ बस्ने २३ वर्षीय प्रकाश गनगाई र सिन्धुलिका हाल झापा-६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत ६ गते राती झापा गाउँपालिका-५ बस्ने सुर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसिको प्र १-०१-१२ प ८०५० नम्बरको पल्सर घरकै बरण्डाबाट हराएको थियो।मोटरसाईकल चोरी भएको हप्तादिन पछी भारतमा लगेर बेचेको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक विरबहादुर भण्डारीको कमान्डमा रहेको टोलीले आरोपी सँग सुराग हात पारेपछी मोटरसाइकल सम्म पुगेको थियो।भारतको बिहार स्थित तुलसियामा भारतिय प्रहरीको सहयोगमा मोटरसाइल नेपाल ल्याउन प्रहरी सफल भएको हो।

गनगाईलाई आसंका गरि प्रहरीले कुरा खोतले पछि गनगाईले मोटरसाईकल चोरेर भारत लगेर बेचेउ भनेपछी प्रहरीलाई सुराग मिलेको थियो।भारतको तुलसियामा सो मोटर साइकल १२ हजारमा गनगाईले बेचेको प्रहरीले बताएको छ।

चोरीमा संलग्न दुबैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-२७ , समय : १९:२९:४० , १ वर्ष अगाडि