कुमरखोदमा हात्तीपाइले रोगको सर्वे

झापा एक्सप्रेस , २१६००  पटक हेरिएको

शरणामती-झापा गाउँपालिकामा राष्ट्रिय हात्तिपाइले रोग सम्बन्धी पुन: सर्वे गरिने भएको छ।झापा-२ को कुमरखोद बजार आसपासका तीन सय जनामा पुन: हात्तीपाइले रोगको परिक्षण गर्न लागिएको हो।

हात्तीपाइले रोगको सम्भावित क्षेत्र कुमरखोदमा ज्यादा भएकोले त्यहाँका तीन सय जनामा पुन: सर्वे गर्न लागिएको स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताए।झापा गाउँपालिकामा हात्तिपाइले रोग रोकथामको औषधि ११ पटक सम्म सेवन गर्दा पनि पुर्ण निको हुन नसकेको उनले जानकारी दिए।”केही न्यून भएको छ,यो पटक सर्वेमा पास भइयो भने झापा गाउँपालिका हात्तिपाइले रोग मुक्त हुन्छ” विश्वकर्माले भने।उनले कुमरखोदमा सोमबार(आज) र मंगलवार (भोलि)सर्वे गरिने जानकारी दिए।

यसै विच सोमबार पालिकाको सभाहलमा सम्पन्न भएको सर्वे सम्बन्धी एकदिने अभिमुखीकरण गोष्टिमा हात्तिपाइले रोग सम्बन्धी सचेतना दिइएको थियो।कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले नेपालमा हात्तीपाईले रोगको अवस्था ,यो रोग कसरी सर्छ कसरी रोकथाम गर्ने जस्ता कुराको जानकारी दिएका थिए।

गाउँपालिकाका कर्मचार पुर्णचन्द्र मैनालीले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अन्जुदेवी थपलिया,प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया,वडाध्यक्ष हिमाल चम्लागाई लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२२-११-२८ , समय : १३:०६:४९ , १ वर्ष अगाडि