झापा एक्सप्रेस , २५६२९ पटक हेरिएको
शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी जलथल फुटबल क्लबको पोल्टामा परेको छ।
सडकबारीमा रहेको क्लबको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक टिमलाई २-० को गोलान्तरले हराउँदै जलथलले उपाधी रक्षा गरेको हो।पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा आयोजकले धेरै मौका गुमाएको थियो।सुपरलक गुमाएको आयोजकका धेरै सर्टहरु गोलपोस्टको माथी गएका थिए।आयोजकका प्रहारमा आक्रमक बनेको जलथलले दोस्रो हाफको ३० औं मिनेटमा शक्ति राईको मद्दतमा १ गरेको थियो।जलथलका लागि दोस्रो गोल थप्न निर्धारित समय भित्रको थप समय उपहार बन्यो।खेलको थप समयमा जलथलका हिरन राजबंशीले पुन: १ गोल थपे।२ गोल लगाएको जलथलसँग आयोजक शुन्यमै स्तब्ध बन्यो।
उपाधी चुमेको जलथलले ६० हजार एक सय एघार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ।त्यस्तै उपविजेता बनेको आयोजकले ३५ हजार एक सय एघार नगद सहित,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।प्रतियोगितामा म्यान अफ द म्याच आयोजक टिमका आशीष राई घोषित भए।हाइस्कोरर जलथलका हिरन राजबंशी घोषित भए। वेस्ट मिडफिल्डर जलथलकै दिवस सुनुवार घोषित भए।वेस्ट स्टाइकर र म्यान अफ द टुनामेन्ट आयोजककै विनोद राई र मनोज राई घोषित भए।उनीहरुले ट्रफी,मेडल र प्रमाणपत्र पाए।
आयोजक समितिका अध्यक्ष केवल लिम्बुको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा उपाध्यक्ष अन्जुदेवी थपलिया,वडाध्यक्षहरु हिमाल चम्लागाईं, सखिचन्द्र ठाकुर,सुबासलाल गणेश,समाजसेवीहरु देउकुमार थेबे,एलपी सावाँ लिम्बू,भक्ती सिटौला,एकराज उप्रेती लगायतको उपस्थिति रहेको थियो।
भुवन पुडासैनीले सन्चालन गरेको समापन कार्यक्रममा झपडबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए।
प्रकाशित मिति: २०२२-१०-३० , समय : १९:५१:०७ , २ वर्ष अगाडि