सैनीकलाई हराउँदै आयोजक फाइनलमा

झापा एक्सप्रेस , २८४५६  पटक हेरिएको

जोरमाई युवा क्लब (आयोजक)

शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आयोजक जोरमाई फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

सडकबारीमा रहेको क्लबको खेल मैदानमा सुक्रबार भएको खेलमा ट्राइब्रेकरमा ५-४ को गोलान्तरले सैनीक फुटबल क्लबलाई हराउँदै आयोजकले अन्तिम दुईमा स्थान सुनिश्चित गरेको हो।खेलको १९ औं मिनेटमा सैनीकका पालदेन राईले १ गोल लगाउँदै आफ्नो टिमका तर्फबाट खाता खोलेका थिए।पहिलो हाफमा आयोजककै गोलपोस्टमा बल नचाईरहेको सैनीकलाई दोस्रो हाफको ७ औं मिनेटमै दिनेश राईले १ गोल फर्काउँदै समान्तरमा ल्याएका थिए।१-१ गोलको बराबरी भएपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो।ट्राइब्रेकरमा आयोजकले ५-४ को गोलान्तरले जित आफ्नो पोल्टामा पारेको हो। खेलमा आयोजक जोरमाई युवा क्लबका दिनेश राई म्यान अफ द म्याच घोषित भए।

सैनिक फुटबल क्लब

भोलि शनिबार दिउँसो १ बजे देखि दोस्रो सेमिफाइनल खेल जलथल र डाँगीबारी फुटबल क्लब बिच हुने आयोजक समितिका कोषाध्यक्ष हेम कुमार राजबंशीले बताए।भोलि जित्ने टिमसँग आयोजकको फाइनलमा भेट पक्का हुनेछ।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६० हजार एक सय एघार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार एक सय एघार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।६ गते देखि सुरु भएको प्रतियोगिता १३ गते सम्पन्न हुनेछ।

खेल तालिका

प्रकाशित मिति: २०२२-१०-२८ , समय : १९:१४:१४ , २ वर्ष अगाडि