उद्घाटन खेलमा हात्तिमारा र सुगाबथानको विजयी सुरुवात

झापा एक्सप्रेस , २१२३८  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर ७ स्थित सन्थाल समाजको आयोजनामा आज मंगलबार देखि सुरु भएको दोस्रो सन्थाल अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाको हात्तिमाराको टिम र झापा गाउँपालिकाको सुगाबथानको रेड स्टार टिमले विजयी सुरुवात गरेका छन् ।

सिद्वार्थ युवा क्लब मोरङ र हात्तिमारा विच भएको पहिलो खेलमा हात्तिमाराले २-० को गोलान्तरले मोरङको टिम हराउँदै विजयी सुरुवात गरेको हो।त्यस्तै आजै भएको दोस्रो खेलमा रेडस्टार सुगाबथानले ५-३ को गोलान्तर्ले फ्रीडम सन्थाल क्लब झोडालाई हराउँदै विजयी सुरुवात गरेको छ।सुगाबथान र फ्रीडम सन्थाल क्लब बिच भएको खेलमा निर्धारित समयमा गोलरहित बराबरी भए पछि ट्राइब्रेकरमा सुगाबथानले फ्रीडमलाई पाखा लगाएको थियो।

जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा सन्थाल समाजका अध्यक्ष राजन टुडुको अध्यक्षता र झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता दोस्रो सन्थाल अध्यक्ष कपको उद्घाटन गरिएको हो।

सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहने आयोजकले जनाएको छ।प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ।प्रतियोगितामा सिदार्थ युवा क्लब,हात्तिमारा,करामघुटु,बोरडाँगी,घेराबारी,सुरुङ्गा,बलिया मोरङ,हल्दिबारीको टिमले समूह “A” अन्तरगत प्रतिस्पर्धा गर्ने छन् ।त्यस्तै समूह “B” अन्तरगत फ्रीडम सन्थाल युवा क्लब झोडा,रेड स्टार सुगा बथान,बिराटचोक युवा क्लब,आयोजक टिम,झरनाघुटु मोरङ,धरमपुर मंगलबारे,शनिश्चरे अर्जुनधारा र जम्बुवो मोरङ बिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।१ गते देखी सन्चालन भएको खेल १२ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: २०२२-१०-१८ , समय : २०:३७:४४ , २ वर्ष अगाडि