झापा-१ मा आगलागी,२५ लाख मूल्य बराबरको क्षती

झापा एक्सप्रेस , १३१७९  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर १ को कार्की चौकमा रहेको ठाकुर प्रसाद रिजालको घरमा आगलागी भएको छ ।

मंगलबार साँझ ७ बजे रिजालको घरमा आगलागी हुँदा करिव २५ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।काठको अग्लो टाडे घर भित्र रहेको सम्पूर्ण लात्ताकपडा,गरगहना ,अन्न सबै कुरा आगलागी भएर डढेर नष्ट भएको बताइएको छ ।

आगलागीको कारण विद्युतीय तारबाट लागेको हुनसक्ने पूर्वानुमान गरिएपनी थप अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ ।७ बजे लागेको आगो १ घण्टा पछी स्थानीय,नेपाल प्रहरी,शसस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति: २०२२-०३-०८ , समय : २०:५०:४९ , २ वर्ष अगाडि