आदिवासी जनजाती नेत्रहीन संघको प्रथम अधिवेशन

झापा एक्सप्रेस , १७१४२  पटक हेरिएको

शरणामती-आदीवासी जनजाती नेत्रहीन संघले प्रथम अधिवेशन सम्पन्न गरेको छ.संघले झापाको दमकमा अधिवेशन सम्पन्न गरेको हो.

संघका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षता र दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतित्यथामा सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ . संघले पुन: तामाङ्गको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो . नयाँ कार्यसमितिमा उपाध्यक्षमा युवराज जोशी ,सचिवमा अनिल मुखिया ,सह-सचिवमा कौशल्यादेबि गुरुङ,कोषाध्यक्षमा अदनलाल राजबंशी र सदस्यहरुमा सेशलाल राजबंसी,चुट्की मुर्मु,बैजनाथ गणेश र मन्जु तामाङ्ग चयन भएका छन् .अझै दुई जना मनोनित सदस्य चयन हुन बाँकी रहेको नवनिर्वाचित अध्यक्ष तामाङ्गले बताए.अधिवेशनले विधान संसोधन गर्दै संघको नाम संसोधन गरेर “नेपाल आदिवासी जनजाती नेत्रहीन संघ” बनाएको तामाङ्गले जानकारी दिए .

“पहिचान ,अस्तित्व र आत्म सम्मान विशेष सेवा ,सुविधा र अधिकारको प्राप्ती हाम्रो अभियान भन्ने मूल नाराका साथ सम्पन्न भएको अधिवेशनमा हिमशिखर टेलीभिजनका अध्यक्ष धुर्वप्रसाद न्यौपानेलाई सम्मान समेत गरिएको थियो.

कार्यक्रममा प्रमुख अतिथी राम थापाले संघको सिप विकास,आर्थिक उन्नती र बाच्न पाउने अधिकारमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्दता जनाए .कार्यक्रममा विशिष्ट अथिती समाजसेवी सेरबहादुर थापाले संघको अक्षयकोषमा पचास हजार एक सय पाँच रुपैयाँ नगद प्रदान गर्ने प्रतिवद्दता जनाए .त्यस्तै संघको अक्षयकोषमा अशोककुमार लिम्बुको स्मृतीमा गितादेबी चेमजोंगले पचास हजार पाँच सय पचपन्न प्रदान गरिन .
संघका सचिव अनिल सन्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष बिमल लामिछाने,सदस्य लिलाराज झापाली लगायतको उपस्थीती रहेको थियो .

प्रकाशित मिति: २०२२-०९-१९ , समय : २०:४२:०१ , २ वर्ष अगाडि