झापा एक्सप्रेस , २५८७८ पटक हेरिएको
विर्तामोड। झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बक्ताहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारको मुख नहेरी रुख चिन्ह हेरेर मत दिन आम जनतालाई आह्वान गरेका छन् ।
नेपाली कांग्रेस विर्तामोड नगर समितिको आयोजनामा सम्पन्न १०९ औं वी.पी. जयन्ती एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश बक्ताहरुले कसले टिकट पाउँछ भन्ने मूल विषय नभएको बताउँदै वी.पी.ले प्रतिपादन गर्नुभएको नेपाली भूगोल अनुरुपको प्रजातान्त्रिक समाजवादको शपना पुरा गर्न मुख होइन, रुख हेर्नुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय सदस्य सरिता प्रसाईले यसअघिको निर्वाचनमा दुईतिहाइ प्राप्त गरेको एमालेले मुलुकको नेतृत्व गर्न नसकेकै कारण कांग्रेस नेतृत्वमा सरकार बनेको बताउँदै ‘संसद भंग गर्ने अधिकार कसले दियो ?’ भनेर एमालेलाई प्रश्न गर्न आम जनतालाई आग्रह गर्नुभयो ।
मुलुकको परिवर्तनका लागि भएका आन्दोलन एवं ब्यवस्था परिवर्तनको नेतृत्व कांग्रेसले गरिरहेको इतिहास बताउँदै नेता प्रसाईले दशौथरी विचार बोकेकाहरुलाई एकै ठाउँमा राखेर संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेस नेतृत्वमै भएको बताउनुभयो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु जलकुमार गुरुङ, छत्र गिरी, दुर्योधन गुरुङ लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका अधिकांश बक्ताहरुले कांग्रेसभित्रको अन्तरविरोध र अन्तरद्वन्द्वलाई आन्तरिक छलफलबाट टुङ्ग्याएर आगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतपरिणाम प्राप्त हुनेगरी एकजुट भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली परिवेशलाई हेरेर समाजवादी दर्शन प्रतिपादन गर्नुभएका वी.पी.को सोच, सिद्धान्त पूरा गर्न उहाको दर्शन र निष्ठालाई प्रत्येक कांग्रेस कार्यकर्ताले आफ्नो जीवनशैली बनाउनुपर्नेमा बक्ताहरुको जोड थियो ।
१०९ औं वी.पी. जयन्तीकै अवसर पारेर झापा गाउँपालिका वडा नं–३ र ४ ले संयुक्त कार्यक्रम सम्पन्न गरेको छ ।वडा नं.४ का वडा सभापती फरमान शेखको शभापतित्व र नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा जनताको साथमा कांग्रेस अभियान अन्तर्गत झापाका लागि केन्द्रिय प्रतिनिधि डिला संङ्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका सभापति देउकुमार थेवे लगायत कांग्रेस नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
१०९ औं वी.पी. जयन्तीकै अवसर पारेर कनकाई वडा नं–३ र ४ ले संयुक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले वी.पी.को आदर्श, मूल्य र मान्यतालाई अक्षरशः पालना गरेर सहमति, सहकार्य र एकताको नीति अवलम्बन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
वडा सभापति तुलसी विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटी, महाधिवेशन प्रतिनिधि कविता बस्नेत, एकराज उप्रेती, नगर सभापति दुर्गा प्रसाई, लगायतले मन्तब्य राख्नुभएको थियो ।
वडा सभापति तुलसी विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत दीपक खतिवडा र सञ्चालन गणेश पोखरेलले गर्नुभएको थियो ।
वी.पी. जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस बुद्धशान्ति गाउँ कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्य एवं सरिता प्रसाईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य लीला ढकाल, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईलगायतले मन्तब्य राख्नुभएको थियो ।
चक्र शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको थियो । मनिष दाहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कृष्ण खतिवडाले गर्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वी.पी. कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुर–१० स्थित वी.पी चोकस्थित वी.पी.को शालिकमा माल्र्यार्पणसहित सभा सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि डा. डिला संग्रौलाले महामानव वी.पी. कोइरालाले देखाएको बाटोमा सबै हिड्न सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
वी.पी.ले लिनुभएको मेलमिलापको नीति, प्रजातान्त्रिक समाजवादी सिद्धान्त आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उहाँले वी.पी.को संक्षिप्त जीवनीबारे समेत बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेश नं–१ का सहकारी तथा गरिवी निवारणमन्त्री ओमप्रकाश सरावगी, नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, १ नम्बर क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, जिल्ला समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय, प्रदेश क्षेत्रीय, नगर, वडा समितिका पदाधिकारी, सदस्य, एवं भातृ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले वडा नं–७ र ४ को सिमानामा पर्ने बालुवाटारस्थित दुर्गामन्दिरको प्राङ्गढमा रुद्राक्षको विरुवा रोपेर वी.पी जयन्ती सम्पन्न गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्य र सरिता प्रसाईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव कृष्ण हुमागाई, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय, प्रदेश क्षेत्रीय एवं नगर समितिका पदाधिकारी सदस्य, क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।
नगर सभापति हेमराज खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ७ र ४ नम्बर वडाका भुमिहिन सुकुम्बासी संघर्ष समिति अर्जुनधाराका उपसंयोजक फुर्वा लामा, संयोजक प्रेमचन्द्र पौडेल, युवराज पौडेल, मदनकुमार दनुवार, लगायतले भुमिहिन एवं अब्यवस्थित बसोबास गरिरहेका सुकुम्बासीहरुलाई धनीपूर्जा दिलाउन नेताहरुसमक्ष अपिल गरेका थिए ।
नगर उपसभापति प्रशान्त भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगर सचिव मेदनी गुरागाईले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०९-०९ , समय : १९:४४:०५ , २ वर्ष अगाडि