आगलागी पिडितलाई साबाँको सहयोग

झापा एक्सप्रेस , १९७२२  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-४ पैनीटोलाका आगलागी पिडितलाई झापा क्षेत्र नम्बर ४ का संघीय सासंद एलपी साबाँ लिम्बुले खाद्यान्न सहयोग गरेका छन् ।साबाँले व्याक्तीगतरुपमा यहाँका आगलागी पिडित अनवर अलीको परिवारलाई खाद्यान्न सहयोग गरेको हो।

साबाँले अलि परिवारलाई तत्कालका लागी अत्यावश्यक खाद्यान्न चामल,दाल ,तेल ,नुन आदि प्रदान गरेको उनका स्वकीय सचिव विशाल खनालले झापा एक्सप्रेसलाई बताए।अलिको घरमा गत सोमबार विद्युतीय चुहावट भएर आगलागी भएको थियो।आगलागीबाट विपन्न अलि परिवारको घर भित्र भएको खाद्यान्न,लत्ताकपडा सम्पुर्ण जलेर नष्ट भएको थियो।

साबाँले यस अघी समेत झापा-५ को सिमलडाँगीमा ६ घर जलेर नष्ट हुदाँ यहाँका आगलागी पिडितलाई समेत खाद्यान्न वितरण गरेर सहयोग गरेका थिए।साबाँ २०७४ सालमा भएको निर्वाचनमा यसै क्षेत्रबाट संघीय चुनावमा विजेता बनेका हुन् ।

प्रकाशित मिति: २०२२-०८-१२ , समय : ०८:५४:०८ , २ वर्ष अगाडि