उद्वव पुरी , ३३९०८ पटक हेरिएको
शिबगञ्ज ।जिल्लाकै पुरानो बजारको रुपमा परिचित शिबसताक्षी–६ शिबगञ्ज बजारबाट झापा गाउँपालिका वडा नं ७ को शरणमतीस्थित मदरगाछ जोड्ने कनकाई नदीमा पक्की पुल निर्माण हुने भएको छ ।
संघीय सरकार मार्फत सो नदीमा पुल निर्माणका लागि पत्रिकामा बोलपत्र आवहान (ठेक्का) सम्बन्धी सुचना प्रकाशित गरेसँगै शिबगञ्जलगायत आसपासका स्थानीवासीहरु उत्साहित भएका छन् ।
‘वर्षौ–वर्षदेखि स्थानीयले भोग्दै आएको समस्या सामाधान हुने भएको छ’ शिबसताक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराई ले भने । भट्टराईका अनुसार जिल्लाकै पुरानो बजार शिबगञ्जमा कनकाई नदीको कारण वारीपारी गर्न कठिनाई भइरहेको थियो ।
उनले अब नगरका तल्लो ठाउँ गौरादह, गौरिगञ्जका जनतालाई पनि सहज हुने बताए । कुल ५ सय मिटर भन्दा बढी लम्बाई रहने पुल निर्माणका लागि संघीय सरकारमार्फत सडक बिभाग पुल महाशाखाले ठेक्काको आव्हान गरेको छ ।
पुल निर्माण कार्य सम्पन्न भएपछि झापाको पुरानो बजार मध्री शिबगञ्ज बजार पूर्व ब्यापारीक केन्द्र बन्ने पनि उनको भनाई छ ।
प्रकाशित मिति: २०२२-०७-१६ , समय : २०:२६:२४ , २ वर्ष अगाडि