भद्रपुरका प्यारे ८० राउण्ड गोली सहित पक

न्युज कारखाना , १४७३४  पटक हेरिएको

बिर्तामोड-झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेलाई ८० राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो । प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो । खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ । उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गोली उनले भारतबाट ल्याएको वयान दिएका छन् ।

प्रकाशित मिति: २०२२-०७-१३ , समय : १८:४०:४२ , २ वर्ष अगाडि