कनकाईमा अटो दुर्घटनामा एकको मृत्यु

न्युज कारखाना , २०९८५  पटक हेरिएको

बिर्तामोड।झापाको कनकाई नगरपालिका-३ एकान्तटोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ की ३४ वर्षीया कमला नेपाल रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार बिहान ९ बजे कनकाई नगरपालिका–३ एकान्त टोलको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको मे१त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे१ह ६९६० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागी घाइते भएकी नेपालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी सोही स्थानकी अर्की ३६ बर्षिय मुना कार्की गम्भीर घाइते भएकी छन् ।

ट्याक्टर र चालक कनकाई नगरपालिका–७ का २४ वर्षीय यतुवा मर्डीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२२-०७-०८ , समय : १९:३६:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!