झापा गाउँपालिकाबाट लागुऔषध सहित दुई पक्राउ

झापा एक्सप्रेस , ५११२६  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका वडा नम्बर ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा झापा -३ का २२ वर्षीय फरमान अली र झापा-४ का ३२ वर्षीय मनोज गणेश रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार करिव १५.३० बजेको समयमा झापा गाउँपालिका -३ झाँटी बस्ने बिहारी उरावको खाली घरमा विशेष सुराखीको आधारमा लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा,इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेँक जाँच गर्ने क्रममा उनीहरुको साथमा १३ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला पारेको थियो।

पक्राउ परेका उनीहरु बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: २०२२-०७-०८ , समय : १५:१४:३२ , २ वर्ष अगाडि