ताप्लेजुङमा घर माथिबाट खसेको पहिरोमा पुरिएर २ जनाको मृत्यु

सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा

समिक्षा भट्टराई , १२१४७  पटक हेरिएको

सांकेतिक तस्बिर

ताप्लेजुङ -पहिरोमा परेर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु बुहारीको ज्यान गएको छ ।

गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बुले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो ।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल हुनु भएको छ ।अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ ।
सडकका ठाउँ–ठाउँमा पहिरोले बाटो बन्द गरेपछि आवतजावतमा समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बेघाले जानकारी दिनुभयो ।

यता स्कुल जाने बाटो नै बन्द भएपछि सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ५ मा रहेकोे शक्ति सिमेक्ला आधारभूत विध्यालयकि शिक्षिका प्रिति भट्टराईले जानकारी दिनुभयो ।उहाँका अनुसार सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ५ का विभिन्न बाटो भत्किएर आवत जावत बन्द हुनुका साथै २ वटा घर बगाउनुका साथै पशु चौपाया पनि बगाएको बताउनु भयो ।सोहि वडा नम्बर ५ का किसान धर्मध्वज भट्टराईले रोप्न ठिक्क भएको धान ,कोदोको बिउ पहिरोले बगाउनुका साथै अधिकाश्श अलैंची बगान र खेतीयोग्य जमीन नै पहिरोले लगेपछि निराशा भएर बस्न बाध्य हुनुका साथै खान , बस्न नै समस्या उत्पन्न भएको गुनासो पोख्नु भयो।

यस्तै, पहिरोका कारण वडा नम्बर ५ र ६ का केही घरमा पनि नोक्सानी भएको छ । सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर५, ६ र ७ पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष लिम्बुले बताउनुभयो । पहिरोका कारण यी तिन वडाका १०/१५ परिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो ।घटनाको थप विवरण आउन बाँकी छ।

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेको छ। लगातारको वर्षाले सडकमा पहिरो झरेपछि सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ।

प्रकाशित मिति: २०२२-०६-१७ , समय : १३:५५:२९ , ३ वर्ष अगाडि

error: Content is protected !!