झापा गाउँपालिकाले प्राविधिक विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने, मंसिर १५ गतेसम्म आवेदन दिन आग्रह

झापा एक्सप्रेस , २६८५६  पटक हेरिएको

झापा । झापा गाउँपालिकाले प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत प्राविधिक छात्रवृत्ति वितरणका लागि आवेदन माग गरेको हो।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार झापा गाउँपालिकाभित्र स्थायी ठेगाना भएका तथा प्राविधिक विषय अध्ययनरत इच्छुक विद्यार्थीले आवश्यक कागजातसहित आगामी मंसिर १५ गतेभित्र गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

छात्रवृत्तिका लागि आवेदन दिँदा विद्यार्थीको निवेदन, अध्ययनरत शैक्षिक संस्थाको सिफारिस पत्र, जन्मदर्ता वा नागरिकताको प्रतिलिपि, मालपोत तिरेको रसिद, घरधुरी कर तिरेको रसिद, अन्य कुनै निकायबाट छात्रवृत्ति प्राप्त नगरेको स्वघोषणापत्र र विद्यार्थीको बैंक खाता नम्बर अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

गाउँपालिकाले छात्रवृत्ति वितरण कार्यक्रममार्फत प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक तथा अध्ययनरत स्थानीय विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको देखिन्छ।

गाउँपालिकाले सम्बन्धित सबै विद्यार्थीलाई तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको छ। सूचनासम्बन्धी थप जानकारी गाउँपालिकाको सूचना शाखाबाट लिन सकिनेछ।

प्रकाशित मिति: २०२६-११-०५ , समय : १२:३१:४३ , १ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
error: Content is protected !!