Jhapa Express , ९०२ पटक हेरिएको
आजदेखि झापाको कनकाई नगरपालिकास्थित कनकाई माविको खेल मैदानमा अन्तरपालिका कर्मचारी फुटबल सुरु भएको छ ।
झापाका सबै १५ पालिकाका कर्मचारीहरुको मात्रै सहभागिता रहने यस प्रतियोगिताको उदघाटन खेलमा आयोजक कनकाई नगरपालिकाले पाहुना टोली गौरादह नगरपालिकाको टिमलाई ८÷१ गोल अन्तरले पराजित गरेको छ ।
कनकाई नगरपालिकाको तर्फबाट कर्मचारी रुचन लिम्बुले एक्लैले ह्याट्रिक गोल पुरा गरेका छन । उनी खेलको म्यान अफ द म्याच समेत बनेका छन । कनकाईकै डिल्लु विकले थप २ गोल गर्दा सचिन बस्नेतले समेत कनकाईका लागि २ गोल गरे । बाकी १ गोल मनिस भट्टराईले गरे । गौरादहका लागि एकमात्रै शान्तना गोल पुष्प भण्डारीले गरे ।
यसैगरि आजै भएको दोस्रो खेलमा शिवसताक्षी नगरपालिकाको टिमले भद्रपुर नगरपालिकाको टिमलाई ३÷१ गोल अन्तरले पराजित गरेको छ ।
कनकाई नगरपालिका कर्मचारी संगठनको आयोजनामा भएको यस प्रतियोगितामा कनकाई नगरपालिका सहित झापाका १५ पालिकाका कर्मचारीको सहभागिता रहेको छ । बिजयी तथा उपबिजयी हुने टिमले नगद १ लाख र ५० हजार रुपैँया प्राप्त गर्ने छ । आजदेखि आगामी १८ गतेसम्म हुने प्रतियोगिताको उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल लगायातले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अनुपराज रेग्मी तथा खेल समिति संयोजक क्षेत्रनाथ शर्माको सभापतित्वमा आयोजना गरिएको थियो । फुटबल प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्हाङ लगायातले शुभकामना दिनुभएको थियो ।
प्रकाशित मिति: २०२६-१०-३० , समय : १८:२७:३० , ५८ मिनेटutes अगाडि