Jhapa Express , ६४२८४ पटक हेरिएको
झापा, कार्तिक १०। झापाको झापा गाउँपालिका–४ स्थित गोल्डेन ड्रीमर युथ क्लबको आयोजनामा प्रथम ‘ड्रिमर कप नकआउट फुटबल प्रतियोगिता’ हुने भएको छ।
झापा-६ स्थित रानी बनको खेल मैदानमा आगामी कार्तिक १८ गतेदेखि २१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्न ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र हाई स्कोरर विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने टिमले ११ जना खेलाडीसहित १६ जनाको टिम दर्ता गराउनुपर्नेछ। खेलाडीले बुट, प्याड र जर्सी अनिवार्य लगाउनुपर्नेछ। प्रतियोगिता फिफाको नियमअनुसार सञ्चालन गरिनेछ। टिम दर्ता शुल्क २ हजार ५०० रुपैयाँ तोकिएको छ।
कार्तिक १६ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र दर्ताका लागि एक हजार रुपैयाँ अग्रिम बुझाउनुपर्ने आयोजकले जनाएको छ।खेलतालिका कार्तिक १७ गते सार्वजनिक गरिनेछ।
स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा उजागर तथा युवालाई खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताबारे थप जानकारीका लागी हाकिम अली ९८१५९०९३१० नम्बरमा सम्पर्क गर्न सकिनेछ।
प्रकाशित मिति: २०२६-१०-२७ , समय : १८:३०:३४ , ३ दिन अगाडि