झापामा पनी डोजर चल्ने संकेत ,झापा गाउँपालिका–२ मा अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना

झापा एक्सप्रेस , १२४४  पटक हेरिएको

झापामा पनी डोजर चल्ने संकेत ,झापा गाउँपालिका–२ मा अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना

झापा । झापा गाउँपालिका वडा नम्बर–२ ले सार्वजनिक जग्गामा बनेका अस्थायी संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

वडा कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै साविक कुमरखोद गाविसस्थित कृषि बजारको नाममा रहेको साविक कित्ता नम्बर ५५ ,हाल किता नं. १ को जग्गामा निर्माण गरिएका कच्ची तथा पक्की टहरा हटाउन निर्देशन दिएको हो।

सूचनामा जिल्ला प्रशासन कार्यालयको पत्र तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक जग्गाको संरक्षण, अतिक्रमण नियन्त्रण तथा अवैध कब्जा हटाउने अभियान सञ्चालन गरिएको उल्लेख छ। साथै सार्वजनिक जग्गाको डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने र नयाँ अतिक्रमण रोक्ने कार्यलाई तीव्रता दिइएको जनाइएको छ।

वडा कार्यालयले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा पक्षले आफ्ना संरचना स्वयं हटाई जग्गा खाली गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाए प्रचलित कानून बमोजिम वडा कार्यालय आफैंले हटाउने र त्यस क्रममा लागेको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी दिइएको छ।

सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०२६-०५-१४ , समय : २०:२२:०० , २ घन्टा अगाडि

error: Content is protected !!