झापा एक्सप्रेस , ४९२९ पटक हेरिएको
नेपाल मुस्लिम नागरिक समाजको केन्द्रिय समितिले आगामी फागुन २१ गते हुन लागिरहेको निर्वाचानमा देशका १५ जना उम्मेद्धारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेपाल मुस्लिम नागरिक समाजका केन्द्रिय अध्यक्ष मसुरिद्धिन अन्सारीका माईला छोरा सद्धाम अन्सारीले आज झापा गाउँपालिका ४ स्थित आफ्नो घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै देशभरका विभिन्न पार्टीका १५ उम्मेद्धारलाई मतदान गर्न सबै आफ्ना समुदायका सदस्यहरुलाई मतदान गर्न आव्हान गरेको हो । नेपाल मुस्लिम नागरिक समाजका केन्द्रिय अध्यक्ष मसुरिद्धिन अन्सारीको दुबै मृगौला बिग्रिएपछि ३ बर्ष डाइलेसिस गरेपछि गत २०७४ सालमा मृत्यु भएको थियो ।
अन्सारी मुस्लिम अधिकारकर्मी, पत्रकार र नागरिक समाजका केन्द्रिय अध्यक्ष रहेका थिए । उनै अन्सारीका माईला छोराले पत्रकार सम्मेलनको आयोजना गर्दै मुस्लिम हकहित र अधिकारका लागि लडने उम्मेद्धार भन्दै आफ्ना समुदायलाई मतदान गर्न खुलेर आव्हान गरेका हुन । अन्सारीले नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ बाट निर्वाचिन गराउन आव्हान गरेका छन । यसैगरि झापा ४ मा एमालेबाट उम्मेद्धार दिएका लालप्रसाद साँबालाई मतदान गर्न आव्हान गरेका हुन । यसैगरि झापा २ बाट उम्मेद्धारी दिएकी नेपाली कम्युनिष्ट पार्टीकी धर्मशीला चापागाई र झापा ३ मा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनलाई मतदान गर्न आफ्नो समुदायलाई आव्हान गरेका छन ।
यसैगरी नेपाली कांग्रेसका रौतहटका फिरध्वज आलमलाई समेत मुस्लिम नागरिकको समर्थन रहेको बताएका छन । यसैगरि समाजवादी पार्टीका सलाहीबाट उम्मेद्धार दिनुभएका रिजवान अन्सारी, रहबर अन्सारी, सरदसिंह भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका मात्रिका यादव , रेणु दाहाल चितवन, नागरिक उन्मुक्ति पार्टीका अब्दुल खान, यसैगरि जाकिर हुसेन सुनसरी, जसपाका अध्यक्ष उपेन्द्र यादव, आम आदमी पार्टीका अध्यक्ष प्रभु शाह रौटहट र समिम अन्सारीलाई मत हालेर बिजयी गराउँन आव्हान गरेका छन । साथै निर्वाचन पछि नेपाल मुस्लिम नागरिक समाजको कार्यसमिति नयाँ चयन गर्ने समेत बताएका छन ।
मुस्लिम नागरिक समाजको अगुवाईमा देशको सार्वभौम अखण्डा जोगाउँन र आपसी भाइचाराको अभिवृद्धिका लागि देशका प्राय सबै तराईका जिल्लाहरुमा धेरै कार्यहरु गरिसकिएको पत्रकार सम्मेलनमा अन्सारीले बताए ।
प्रकाशित मिति: २०२६-०२-२८ , समय : २०:११:५१ , ३ घन्टा अगाडि