कुमरखोद प्रहरीले लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगायो

झापा एक्सप्रेस , ४००३९६  पटक हेरिएको

सांकेतिक तस्बिर

झापा, असार १४ ।
झापा जिल्लाको झापा गाउँपालिका वडा नं. १, २ र ४ को सीमावर्ती क्षेत्रमा इलाका प्रहरी कार्यालय (इप्रका) कुमरखोदले स्वीप अपरेसन सञ्चालन गरी लागुऔषध दुव्र्यसनी १४ जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ साल असार १२ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म प्रमुख नायब निरीक्षक (प्रनानि) किरण मोक्तानको कमाण्डमा खटिएको प्रहरी टोलीले सो अभियान सञ्चालन गरेको हो।

स्वीप अपरेसनको क्रममा चेकजाँच गर्दा लागुऔषध दुर्व्यसनमा संलग्न १४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याई राखिएको थियो।

प्रहरीले मिति २०८२ असार १३ गते ती सबैलाई आफन्त तथा अभिभावकलाई सम्झाई बुझाई जिम्मा लगाई छाडेको जनाएको छ। प्रहरीका अनुसार यस्तो अभियानले समुदायमा लागुऔषधको दुव्र्यसन विरुद्ध सचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२५-०६-२८ , समय : ०७:३४:०९ , १ वर्ष अगाडि

error: Content is protected !!