झापा गाउँपालिकामा बकर इदको अवसरमा जेठ २५ गते सार्वजनिक बिदा

झापा एक्सप्रेस , ३७०९०५  पटक हेरिएको

झापा, जेठ २३ — झापा गाउँपालिकाले आगामी जेठ २५ गते इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर इदको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको मिति २०८१/०२/२३ को निर्णय अनुसार सो दिन पालिका कार्यालय, वडा कार्यालयहरू, स्थानीय स्वास्थ्य संस्था, विद्यालयहरू तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

यस अवसरमा झापा गाउँपालिकाले इस्लाम धर्मावलम्बीहरूलाई पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाद्वारा हस्ताक्षरित सूचनामा बिदासम्बन्धी जानकारी दिइएको हो।

प्रकाशित मिति: २०२५-०६-०६ , समय : २०:४१:५६ , १ वर्ष अगाडि

error: Content is protected !!