झापा एक्सप्रेस , २८००२ पटक हेरिएको

झापा, २०८२ जेठ २०
झापाको बाह्रदर्शी गाउँपालिका–५ मेचेटोलस्थित घागराखोला किनारमा मृगजस्तो देखिने एक बन्यजन्तु मृत अवस्थामा फेला परेको छ।
स्थानीय बासिन्दा मदन कुमार न्यौपानेको टिकका बिरुवाहरू रोपिएको निजी जग्गामा करिब २–३ दिनअघि मृत अवस्थामा देखिएको उक्त जनावरको जानकारी जेठ २० गते दिउँसो १२ बजे तिर फुलवारी प्रहरी चौकीलाई जनकारी गराएका थिए।
सूचना प्राप्त भएपछि प्रहरी चौकी फुलवारी प्रहरी चौकीका इन्चार्ज श्रवण राजबंशीको टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो।
त्यसपछि सोही दिन १६:२५ बजे जलथल सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कुल प्रसाद भट्टराई नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। टोलीले आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरेपछि सोही स्थानमा खाल्डो खनी मृत जनावरको सद्गार गरिएको हो।
मृत जनावर मृग जातिको भएको अनुमान गरिएको छ। यद्यपि, आधिकारिक पुष्टि भने सम्बन्धित निकायबाट पश्चात गरिने जनाइएको छ।
प्रकाशित मिति: २०२५-०६-०३ , समय : २०:४२:२१ , ३ दिन अगाडि