जनता माविका विद्यार्थीहरुले पाए छात्रवृत्ति

झापा एक्सप्रेस , २६२७०  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-६ शरणामती स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।

विपन्न तथा जेहेन्दार करिव ५० जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका हुन् ।रमा पद्म स्मृति,प्रतिमान उप्रेती स्मृति कृषि छात्रवृत्ति,खगेन्द्र उप्रेती स्मृति छात्रवृत्ति,स्व.डिकबहादुर कार्की स्मृति छात्रवृत्ति,प्रवासी झापाली सम्पर्क मञ्च नेपालद्वारा प्रदान गरिने छात्रवृत्ति र दधिराम नरमाया छात्रवृत्ति कोसले संयुक्तरुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही ५ हजार,४ हजार र ३ हजारका नगदका दरले छात्रवृत्ति प्रदान गरिएको छ।विद्यार्थीहरुलाई संस्थाका परिवारका सदस्यहरुले छात्रवृत्ति वितरण गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मिश्रको अध्यक्षता र बरिस्ठ अधिवक्ता हरीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

संचालकद्वय तुलाराम बस्नेत र रोहित पोद्दारले संचालन गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक टिकाप्रसाद कट्टेलले स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : २१:२७:३२ , १ वर्ष अगाडि

error: Content is protected !!