मेचीनगरका निर्माण व्यवसायी नयन बराललाई बिशेष सम्मान

झापा एक्सप्रेस , ३४४०५  पटक हेरिएको

झापा – निमार्ण व्यवसायी संघ झापाले मेचीनगरका निर्माण व्यवसायी नयन बराललाई सम्मान गरेको छ । गत फागुनमा राष्ट्रिय निर्माण दिवसको सन्दर्भमा महासंघबाट कोशी प्रदेशको तर्फबाट ‘घ’ वर्गमा बरालले सञ्चालन गरेको उत्कृष्ट निर्माण सेवाले सवोत्कृष्ट अवार्ड पाएको सम्मानमा संघले बराललाई विशेष सम्मान गरेको निमार्ण व्यवसायी संघका महासचिव पुष्पराज निरौलाले जानकारी दिए ।

मङ्लबार आज झापाको बिर्तामोडमा आयोजित एक समारोहमा उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इञ्जिनियर आङ दोर्जे लामा, महासंघका महासचिव रोशन दाहाल ,उपाध्यक्ष मोहनप्रसाद अधिकारी , निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन वस्नेत लगायतले बराललाई खादा माला सहित सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।

यसैगरी, व्यवसायी केदार गिरी, निमेशकुमार मित्तल तथा नयन बराललाई कदरपत्र प्रदान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि लामाले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति: २०२३-०९-२६ , समय : २०:०७:५२ , २ वर्ष अगाडि

error: Content is protected !!