झापा एक्सप्रेस , १५३०४ पटक हेरिएको

शिबगञ्ज, २ चैत–झापाको शित्रगञ्ज बजारबाट पूर्वतर्फ अवस्थित कनकाई (माई) नदीमा पक्की पुल निर्माण हुने भएको छ । संघीय सरकारको रु १ अर्ब १२ करोड ५२ लाख १२ हजारको लागत खर्चमा ६५० मिटर लामो पक्की पुल निर्माण हुने भएको हो ।
शिबसताक्षी–६ शिबगञ्ज बजारबाट पूर्व झापा गाउँपालिकाको शरर्णामतीस्थित मदारगाछको सिमानामा अवस्थित माई नदीमा पुल निर्माण हुने भएपछि शिबगञ्जवासीहरु उत्साहित भएका छन् । पुल निर्माण हुने भएसंगै जिल्लाकै पुरानो बजार शिबगञ्जको मुहारमा परिवर्तन आउने शिबसताक्षी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष समेत रहनुभएका शिबगञ्जका व्यवसायी भोलानाथ मैनालीले बताए ।
पुल निर्माण भएपछि शिबगञ्जको आर्थिक, शैक्षिक, कृषि लगायत अ्रन्य विकासले तिब्र गति लिने मैनाली बताउछन् । मैनालीका अनुसार पुलको कारण शिबगञ्जको व्यापार–व्यवसायमा समस्या भएको थियो भने यहाँको स्थानीय कृषि उपजका सामाग्रीहरुलाई बजारीकरण गर्न कठिनाई भइरहेको थियो ।
आदिवासी समुदायको उच्च बसोबास रहेको शिबगञ्ज बजारको विस्तार हुन नसक्नुमा मुख्य समस्या भनेकै माई नदीमा पुलको अभाव हो, स्थानीय व्यवसायी तथा शिबगञ्ज बजार व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ गुरागाईले जानकारी दिए । पुल निर्माण भएपछि मदारगाछ क्षेत्रका युवा विद्यार्थीहरु शिबगञ्जस्थित शिबगञ्ज बहुमुखी क्याम्पसमा अध्ययन गर्न र मदारगाछ क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु शिबगञ्जसम्म ल्याउन सहज हुने गुरागाई बताउँछन् ।
शिबगञ्जमा राष्ट्रिय बाणिज्य बैंकसहित आधा दर्जन विकास बैंक, बिक्तिय संघ-संस्थाहरु छन् भने शिबगञ्ज बहुमुखी क्याम्पस, प्लस टु, निजी विद्यालयहरु, शान्ति सुरक्षाको निम्ति इलाका प्रहरी कार्यालय छ । शिबगञ्ज बजार आइतबार साप्ताहिक हाँट बजार लाग्ने गर्छ ।
पुल निर्माणका लागि शिबसताक्षी–६ शिबगञ्जका वडा अध्यक्ष मनोज खुलाल कार्कीले नगरपालिकादेखि प्रदेश सरकारहुदै संघीय सरकारसंग पटकौ-पटक प्रयासबाट माई नदीमा पुल निर्माणका योजना पार्न सफल भएको बताए । उनले यसअघिको स्थानीय निर्वाचनमा समेत वडा अध्यक्षको जिम्मेवारीमा रहेको समयमा प्रदेससभा सदस्य झलकसिं दर्लामी र संघीयसभाका सदस्य एलपी सावाँ लगायत शिबगञ्जवासी हाल नेपाल सरकारका उपसचिव दीर्घराज मैनालीको संयुक्त प्रयासले माईमा पुलको योजना ल्याउन सफल भएकोमा धन्यवाद तथा बधाई व्यक्त गरे ।
प्रकाशित मिति: २०२३-०३-१६ , समय : २१:३३:४३ , २ वर्ष अगाडि