मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य बन्द

झापा एक्सप्रेस , १७८३१  पटक हेरिएको

शरणामती।जिल्ला प्रशासन कार्यालय झापाले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन बिहान ५.०० बजे देखि साँझ ६.०० सम्म अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सम्पुर्ण यातायातका साधनहरु बन्द हुने जनाएको छ।

प्रशासन कार्यालय झापाले आज शनिवार एक सुचना जारी गर्दै यही मिति २०७९/०१/३० गतेका दिन स्थानीय तह निर्वाचनको मतदान कार्य हुने हुँदा उक्त दिन बिहान ५.०० बजे देखि साँझ ६.०० बजे सम्म अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सम्पुर्ण यातायातका साधनहरु बन्द हुने बताएको हो।एम्बुलेन्स ,दमकल,दुर सञ्चार सेवा ,शव वाहन,अस्पताल सेवा विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सम्पुर्ण यातायातका साधनहरु (सार्वजनिक,निजी) बन्द हुने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि सुचना प्रकाशित गरिएको सुचनामा भनिएको छ।

प्रकाशित मिति: २०२२-०५-०७ , समय : १९:३३:०१ , २ वर्ष अगाडि