झापा एक्सप्रेस , ९८०० पटक हेरिएको
शरणामती।देश स्थानीय तहको निर्वाचनमय बनेको छ।गाउँ-गाउँ बस्तीबस्तीमा बाजागाजा सहित राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु घर-दैलो कार्यक्रममा छन् ।
झापा गाउँपालिकामा समेत यतीखेर स्थानीय उम्मेदवारको निक्कै तामझाम छ।ठुला-ठुला घोषणापत्र बोकेर जनता सामू नेता गइरहेका छन् ।स्थानीय जनतालाई भने कुनै आशा छैन बरु रमिता छ।
झापा-५ खाताबस्ती मेचेटोलका ५७ वर्षीय हविवुल रहमान जनताले अहिले सम्म परिवर्तनको महसुस गर्न नपाएको वताउछन।उनले २०६३ साल देखि करहरु बढाएर नेताले जनतालाई लुटेको भन्दै आक्रोश पोखे।”नेताहरु भोट माग्न आउँछन तर कुनै आशा छैन,हामी किसान हामीलाई कसले हेरेको छ? उनले प्रतिप्रश्न गरे।समयमा मल पाइदैन,प्राकृतिकले पनि ठग्छ ।सरकारले कुनै राहत दिदैन ।केही परिवर्तन भएको छैन ,हाम्रो अवस्था उस्तै छ उनले गुनासो गरे।
सबै उस्तै हुन् ।माथी गएपछि फेरि यो बाटो फर्केर आउदैनन।मलाइ त आस मरिसकेको छ,भोट पनि दिउँ कि नदिउँ सोचौला रहमानले वितृष्णा भएको मनले कुन्ठा पोखे।किसानलाई त स्थानीय सरकारले कृषीमा यान्त्रिकरण गर्दै कृषि ज्ञानकेन्द्रको सहयोगमा मोटर बाढ्दैछ त भन्ने प्रश्नमा रहमानले भने मोटर कसलाई बाढ्दैछ थाहा छैन,तर खोइ यता केही आएन।हामी वास्तविक किशान हौं।खेतमा बिजुली नभएर बोडिङ गाडेको पनि जस्तातस्तै छ उनले भने।पन्थापाडा सम्म भएको कालोपत्रे आफ्नो घर अगाडी सम्म नभएकोमा पनि उनमा गुनासो छ।
यता घोषणापत्र बोकेर आएका नेताहरु प्रती वितृष्णा पोख्दै झापा -५ कै स्थानीय काम्बो सोरेनले स्थानीय उम्मेदवारले जनताको गाँस,बाँस,कपासको ग्यारेन्टी गर्दै रोजगार स्थापना गर्न सक्नु पर्ने बताए।कस्को यस्तो ठोस योजना छ र?कसैको छैन ,नेताहरुको भिजन हो भने हामी जस्ता बेरोजगारलाई ३६५ दिनकै रोजगारको ग्यारेन्टी गर्न सक्नु पर्छ सोरेनले भने।अरु विकासलाई उनले विकास नमान्ने बताए।पहिले जनताको आधारभुत आवश्यकता पूरा गरे मात्र सहि मानेमा विकास हुने सोरेन बताउँछन् ।
सोरेन र रहमान त झापा गाउँपालिकाका मतदाता मध्ये एक प्रतिनिधि पात्र मात्र हुन् ।नेपाल-भारत सिमामा पर्ने यहाँका धेरै गाउँहरुको अवस्था र दिनचर्या अझै फेरिन सकेको छैन।यहाँका हरेक बस्तीका मतदाताले कुशल जनप्रतिनिधि खोजिरहेका छन् ।जनताको मनमुटुमा बसेको जनप्रतिनिधि को होला त्यो आगामी बैशाख ३० गतेको मतपरिणामले देखाउला।
प्रकाशित मिति: २०२२-०५-०३ , समय : २१:१४:०१ , ३ वर्ष अगाडि